भक्तपुरका समाजसेवी युवा टोलीको तारिफयोग्य काम

देशसञ्चार

काठमाडौँ

प्रतिभा चन्द

उनीहरु लकडाउन सुरु भएदेखि आफ्नो घर गएका छैनन्। आफ्नो परिवारलाई समय दिन सकेका छैनन्। निरन्तर एउटै काममा लागिपरेका छन्, ‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को उपचार तथा चेकजाँचका लागि जनचेतना फैलाउने।’

घरपरिवारले जोखिम मोलेर काम नगर्न आग्रह गरिहेका छन्। तर उनीहरुले आफ्ना बुवा–आमाको यो आग्रह अस्वीकार गर्दै समाज सेवामा लागि परेका छन्।

उनीहरु यसै कामका लागि दिनरात खटेका छन्। भक्तपुर अस्पतालको फार्मेसीमाथि टेन्ट लगाएर रात बिताउने गरेका छन्। आफ्नो भन्दा पनि समाजको चिन्ता गरिरहेका छन् ‘रेस्क्यू एण्ड अवेरनेस (आरएनए)–१६’ नामक संस्थाका भक्तपुरका समाजसेवी अरुण सैंजु, राजेश गाइजू, पुनम कर्मचार्य, न्हुज किजू, दीप थकूरले।  यो समूह जोखिम मोलेर काम गरिरहेको छ।

प्रकाशित मिति: : 2020-05-18 07:15:14

प्रतिकृया दिनुहोस्