अब्बल थारु महिला आत्मनिर्भरको बाटोमा

निर्मल घिमिरे

गुलरिया स्थित राधाकृष्ण बगलामुखी माविमा कक्षा ६ मा अध्यनरत बालापुरकी बर्षा थारुको लकडाउनमा दैनिकी फेरिएको छ ।  विद्यालय बन्द भएको बेला आमा शान्तीलाई सघाउँन तरकारी वेच्न उनी विहानै सदरमुकाम गुलरिया पुग्छिन्। घर देखि सदरमुकामको दुरी ५ किलोमिटर छ । तरकारी बेचेको पैसा ईमान्दारिका साथ बाबा धन कुमारलाई बुझाईछिन । आमाका पेशा धान्न पाउँदा खुसी भएको उनले सुनाईन ।  

बजारमा उनले बिक्रि गर्न लैजाने ताजा तरकारी भेन्डि,फर्सीको मन्टा,लौका,घिरमला,बोडि,गब्दा र टमाटर ग्राहकले खोसाखोस गर्छन । ग्राहकहरूको रोजाईमा पर्छ उनले उत्पादन गरेको तरकारी । स्थानीयले उत्पादन गरेको तरकारी जैविक हुने भएकाले सबैले मन पराउने गरेका छन्। कोरोना संक्रमण हुन सक्ने आंशकामा बजारको तरकारी ग्राहकले किन्ने गरेका छैनन्।

प्रकाशित मिति: : 2020-05-17 17:00:43

प्रतिकृया दिनुहोस्