संस्कृतिको निर्माता संस्कृतिकै जञ्‍जालभित्र

थाहा खबर

काठमाडौँ

डा. भक्त राई
हामी कहाँ मात्र होइन संस्कृति र सांस्कृतिक पहिचानका कुराले बेलाबखत चर्चा पाउने गर्छन्। यसलाई कतिपय अवस्थामा राजनीतिको विषय पनि बनाइन्छ। कतिले यो अपरिवर्तनशील र निजी विषय ठान्छन्। वास्तवमा संस्कृति न राजनीति हो नत अपरिवर्तनशील नै हुन्छ। यो परिवर्तनशील सामाजिक विषय हो। सामान्यतया परम्परागतगत रूपबाट हामीले सिक्दै र अवलम्बन गर्दै आएको खानपिन, भेषभुषा, नाचगान, चाडपर्व, गीत-सङ्गीत, धर्मकर्म-संस्कार लगायतका कुरालाई संस्कृति भनेर बुझिन्छ। तर संस्कृति यतिमात्र होइन।

समग्रमा भन्दा कुनै पनि जाति, वर्ग र समुदायले मानिसको सृष्टिकालदेखि नै अनवरत रूपमा अवलम्बन गर्दै आएको, अङगीकार गर्दै आएको समग्र क्रियाकलापको समष्टि रूप नै संस्कृति हो। भाषा, साहित्य, धर्म, संस्कार, मूल्य-मान्यता, रीतिरिवाज, गीत-सङ्गीत, सिप,कला, खानपान, भेषभुषा, नाचगान, बाजागाजा लगायतका कुरा संस्कृति अन्तर्गत पर्छन्।
 

प्रकाशित मिति: : 2020-05-17 13:27:33

प्रतिकृया दिनुहोस्