कोरोनापछि राज्यको भूमिका : नवउदारवादको समीक्षा गर्ने बेला भएकै हो ?

रातोपाटी

काठमाडौँ

शंकर अर्याल

 विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि छलफलको क्रममा नेपाल कम्युनिस्ट पार्टीका विदेश विभागका उपप्रमुखसमेत रहेका सांसद सुरेन्द्रकुमार कार्की (राम कार्की) ले रोस्ट्रममा उभिएर सांसदहरुलाई भने, ‘हाम्रो अर्थव्यवस्था नवउदारवाद र समाजवादको बीचमा छ । तर अबको अवस्थामा हामीले एउटा बाटो तय गरेर जानुपर्छ । हामीले दुईमध्ये एउटालाई रोजेर जानुपर्छ ।’

नेपालको संविधानले समाजवाद उन्मुख राज्यको परिकल्पना गरेको छ । तर समाजवाद र व्यक्तिवाद फरक फरक चिज भएकाले यी दुवै एकै ठाउँमा रहन नसक्ने उनको तर्क हो । संसदमा उनले भने, ‘यी दुवै एकै पटक अघि बढ्न सक्दैनन् । अब ¥याडिकलहरु नै रियालिस्ट हुन्छन् । तपाईंहरुले आफ्नो नेतृत्वसँग कुरा गर्नुस्, म पनि गर्छु । ‘सेन्टर लेफ्ट’को जुन अभ्यास छ, त्यो अब चल्न सक्दैन ।’

प्रकाशित मिति: : 2020-05-17 07:39:09

प्रतिकृया दिनुहोस्