नहोला

राजु पाेखरेल

(म्यान्मार)

पटक पटक जीवनमा 
भर्ना भएर के गर्नु ?
हरेक पटक बिवाह मण्डपमा
भर्ना भएर के गर्नु ?
बलात्कारी नबन्लान् नारी 
पुरूषात्व कायम,
आश्रय गम्भिरता,
सोच परिवर्तन त ख्वै 
चन्चललै मन किन नहोला र ?
मायाको मोह किन नहोला र ? 

हो किन कि कुनै पनि माया...
अनि कम्मरको गोलाइ
अनि छातिको चौडाइले
पुरूष आकर्षित हुनजाला 
कतै लुट्न जाला 
बलात्कार बन्ने धारणाले 
लामा हात कम हुन्थ्यो होला 
कि युगको दोष हुन नसक्ला 
माफ नहोला तापनि
कालो उज्यालो हेर्नु पर्ला 
जिन्दगीमा फेरि झर्न पर्ला 
आखिर बदनाम किन नहोला ।

हेर साथी 
बन्द कालगृहको मुखमा 
जाला मृत्युको बृहतमा 
दुई आँसु चुहाउँदै भय उठ्ला 
परिवार एकभइ किन नजुट्ला
कमवासना मनोकामना होला 
समाप्त जीवन भयको फाँटमा 
मृत्युको काखमा नहोला ।।

प्रकाशित मिति: : 2020-05-16 14:39:34

प्रतिकृया दिनुहोस्