सिमाना कति मिचिन्छ,हेरिराख्नू तिमी...

गजल

सिमाना कति मिचिन्छ,हेरिराख्नु तिमी 
या उसले खोसेर लिन्छ हेरिराख्नु तिमी 

तिमी मेचीकाली उपहार पठाई राख 
बदलामा आँसु दिन्छ हेरिराख्नु तिमी 

पानी,जवानी हुँदै तिम्रो छिट्टै पालो आउँछ 
बेचिनेछौ , उसले किन्छ, हेरिराख्नु तिमी 

बिचार अनि सुझाव सापटी लिँदै जाऊ
यता स्वाभिमान जोखिन्छ,हेरिराख्नु तिमी 

लालचको  सन्दूक  त भरिएला पक्कै 
खुसिको खजाना रित्तिन्छ,हेरिराख्नु तिमी

प्रकाशित मिति: : 2020-05-16 10:13:58

प्रतिकृया दिनुहोस्