खोटाङका सांसद् भट्टराईको कोरोना राहत– ‘हुनेबाट लिने, नहुनेलाई दिने’ (भिडियो)

खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले कोरोनाबाट प्रभावित जिल्लाबासीका लागि ‘हुनेबाट लिने, नहुनेलाई दिने’ राहत अभियान सञ्चालन गरेका छन् । यो अभियानअन्तर्गत तीन सय जनालाई राहत बाँडिएको उनले जानकारी दिए । 

‘म खोटाङ पुग्नासाथ लकडाउन घोषणा भयो । जिल्लामा बस्दा मैले नियमित रुपमा हात धुने र अनुहारमा हात मात्र नलैजाने हो भने सुरक्षित भइन्छ भन्ने अभियान चलायौँ तर यो प्रभावकारी भएन’, उनले सुनाए, ‘त्यसपछि एक डल्लो साबुन लिएर भोट माग्दा जस्तै घर–घर गयौँ । त्यसपछि निकै प्रभावकारी भयो ।

त्यसपछि काठमाडौंमा पार्टीमा उथलपुथल आएको सुनेर काठमाडौं आएपछि जिल्लाका प्रतिष्ठित व्यवसायीसँग सल्लाह गरेँ । अनि दिनसक्ने साथीहरुसँग सल्लाह गरी यो अभियान थालेको हुँ ।’

हेर्नुस् भिडियाे

प्रकाशित मिति: : 2020-05-15 18:51:30

प्रतिकृया दिनुहोस्