‘अब कालापानी मात्र होइन, नालापानी पनि चाहिन्छ’

थाहा खबर

काठमाडौँ

धीरज कुमार
सन् १८१६ मा नेपाललाई अन्यायमा पार्ने गरी भएको सुगौली सन्धिमा गुमेको भूमि फिर्ता लिने अभियान चलाएको धेरै लामो समय भइसकेको छ।  सुगौली सन्धिमा गुमेको भूमि फिर्ता पाउनुपर्ने अडानसहित एकजना व्यक्ति निरन्तर कराएको वर्षौं भइसकेको छ। यस अभियानका क्रममा उनले कयौँ पटक प्रहरी हिरासतको बास बस्‍नुपरेको छ। ग्रेटर नेपालका अभियान्ता उनी नेपालले गुमाएको भूमि फिर्ता पाउनुपर्ने भन्दै संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषदको बैठकमा गैरसरकारी प्रतिनिधिका रुपमा भाग लिएर आवाज उठाए। 

तर उनी नेपालमा ग्रेटर अभियान चलाउने एक्ला वृहस्पति जस्तै छन्। उनको यो आवाजलाई न ठूला दलले ध्यान दिएका छन् न त राज्यले संस्थागत गरेर उठाउन चासो दिएको छ। तर पनि उनी थाकेका छैनन्, निन्तर नेपालले गुमाएको नालापानीसम्मको भूभाग फिर्ता पाउनुपर्ने आवाज उठाइरहेका छन्। पछिल्लो समय नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेत भारतले हडपिरहेको छ। बलभद्र कुँवरले युद्ध गरेको नालापानी किल्ला त धेरै पर भयो।

तर भारत अहिले नेपाली भूमि हडप्दै कालापानी आइपुगेको छ। भारतले भूमि मिच्दै गएपछि नेपाल सरकारले उसलाई फिर्ता हुन दबाब बढाउँदैछ। यस्तोमा भारतले नेपालको लिपुलेक क्षेत्र मिचेर गरेको सडक निर्माण, नेपालको सीमा क्षेत्रमा भएका अतिक्रमण र नेपाल-भारत सीमा व्यवस्थापनबारे ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अभियानकर्ता फणिन्द्र नेपालसँग थाहाखबरका धीरज कुमारले गरेको कुराकानीको सम्पादित अंश : 
 

प्रकाशित मिति: : 2020-05-13 21:14:54

प्रतिकृया दिनुहोस्