डाक्टर-गायिका त्रिशला भन्छिन्ः यो समयको प्रतीक्षा धेरै अघिदेखि गरिरहेकी थिएँ

सेतोपाटी

काठमाडौं

त्रिशला गुरुङ गायिका मात्रै होइनन्, डाक्टर पनि हुन्।

करिब पाँच महिनाअघिबाट उनको डाक्टरी यात्रा सुरू भएको थियो। पढाइ र संगीतबीच अस्पतालको जिम्मेवारी थपियो। नेपाल मेडिकल कलेजमा कामको दौडधूप अनुभव संगाल्दै थिइन्, कोरोना भाइरसले लकडाउन भयो। त्यसयता उनको दैनिकी फेरिएको छ।

'ड्युटी सधैं छैन। ४-५ दिन मिलाएर हुन्छ। भिड हुन्छ, संक्रमण होला भनेर सबैलाई अस्पतालले बोलाएको छैन,' उनले भनिन्।

यता अस्पतालमा पूरा समय दिन नपर्दा संगीतबारे सोच्ने, काम गर्ने फुर्सद मिलेको छ। डाक्टरको परिचय जोडिनुअघि नै त्रिशलाको जीवनमा सांगीतिक पहिचान जोडिएको थियो।

प्रकाशित मिति: : 2020-05-13 08:19:01

प्रतिकृया दिनुहोस्