लकडाउन : रेडियोबाट पढाइ शुरु

जुम्लाको चन्दननाथ नगरपालिकाले कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई सामुदायिक रेडियोबाट सोमबारदेखि पढाइ शुरु गरेको छ। बन्दाबन्दीका कारण विद्यार्थीको पढाइमा प्रभावित परेका कारण सामुदायिक रेडियोबाट पढाउन शुरु गरिएको नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपानेले जानकारी दिए।

जिल्लामा रहेका सामुदायिक रेडियो कर्णाली एफएम, रेडियो नारी आवाज र रेडियो खुला आकाशबाट प्रत्येक दिन अनिवार्य अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयको र कक्षा सञ्चालनमा आएको नगरपालिका शिक्षा तथा खेलकूद शाखाका प्रमुख खडानन्द चौलागाईँ बताए।

अनलाइन अध्यापन कठिन

जिल्लाका आठ स्थानीय तहमध्ये चन्दननाथमा मात्र इन्टरनेटको पहुँचमा रहेकाले जुम्लामा अनलाइन प्रविधिबाट पठनपाठन असम्भव देखिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए। उक्त सामुदायिकमा कुल १७० विद्यालय छन्।
 

प्रकाशित मिति: : 2020-05-12 08:34:00

प्रतिकृया दिनुहोस्