रोटीबेटीको सम्बन्धमा काँडा बनेर आयो कोरोना

तेजेन्द्र के.सी.

 भनिन्छ, नेपाल–भारत सम्वन्ध रोटीबेटीसँग जोडिएको छ । नेपालको तराई भेगका बासिन्दा र भारतीय नागरिकबीच चल्ने बिहेबारी, रोजगारी, व्यापारलगायतका कारण पनि रोटीबेटीको सम्बन्ध बर्षौंदेखि चलिरहेको छ । तराईका कतिपय जिल्ला तथा स्थानमा भारतीय र नेपाली नागरिकको किनमेल गर्न जाने बजार नै एउटै छन् 

सीमाक्षेत्रका बासिन्दाहरुको सानो व्यापारदेखि रोजगारीका लागि समेत दुवैतर्फ जाउजाउ हुने गर्दछन् । पाँच नम्बर प्रदेशका १२ जिल्लामध्ये ६ जिल्लाको भारतसँग सिमाना जोडिएका छन् । नवलपरासी, रुपन्देही कपिलवस्तु, बाँके, बर्दिया र दाड भारतसँग सीमा जोडिएका जिल्ला हुन् । तर खुला सिमाना र रोटीबेटीको सम्वन्धलाई अहिले कोरोना भाइरसको त्रासले अप्ठ्यारोमा पारेको छ ।  

प्रकाशित मिति: : 2020-05-11 20:50:14

प्रतिकृया दिनुहोस्