सगरमाथाको सकस! पानी ढलोले छुट्याएको 'चोमोलुङ्गमा'को सीमा

पहिलोपोष्ट

काठमाडौँ

सहयोग रञ्जित

चीन सरकारले सगरमाथाको उचाई लिने कार्य सुरु गरेको छ। त्यसका लागि प्राविधिक सहितको जम्बो टोली सगरमाथामा शिखर गइसकेको छ। एक हप्ता अघि चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) ले उक्त टोलीबाट प्राप्त'चोमोलुङ्गमा'(सगरमाथा) को तस्विर चीनको तिब्बतमा पर्ने भन्दै सार्वजनिक गर्‍यो। त्यसबेला उक्त समाचारमा धेरैको ध्यान गएन। जब भारतले नेपालको भूभाग हुँदै मानसरोवर जाने सडक निर्माण गर्‍यो र समाचारहरु बाहिरिए, तब चिनियाँ मिडियाले सगरमाथा आफ्नो स्वशासित तिब्बतमा रहेको भन्दै सार्वजनिक गरिएका तस्विरहरुमा धेरैको ध्यान गयो।

पछि सीजीटीएनले 'सगरमाथा नेपाल र चीनबीचको सीमा'मा रहेको उल्लेख गर्दै मे २ मा प्रकाशन गरेको समाचार सच्यायो। हुनत: अन्तर्राष्ट्रिय लेख रचनामा समेत 'माउन्ट एभरेष्ट' नेपाल र चीनको सीमामा पर्ने भन्ने उल्लेख गरिएको छ।

विश्वकै सर्वोच्च शिखर सगरमाथा आफ्नो देशमा रहेकाले नेपाली गौरवान्वित नहुने कुरा पनि भएन। त्यसैले नेपालीहरु सगरमाथालाई आफ्नो सानका रुपमा व्याख्या गर्छन्।

प्रकाशित मिति: : 2020-05-11 17:15:28

प्रतिकृया दिनुहोस्