लिपुलेकमा भारतीय हस्तक्षेपविरुद्ध कर्णालीमा नेमकिपाको विरोध

भारतले लिपुलेकस्थित नेपाली भूमि मिचेर चीनको मानसरोबर जाने सडक निर्माण गरेको विरोधमा कर्णालीका विभिन्न स्थानमा नेपाल मजदुर किसान पार्टीले विरोध जुलुस निकालेको छ।

आइतबार साँझ कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर, सुर्खेत र जुम्लामा जुलुस निकालिएको हो।

प्रदर्शनमा भारतीय विस्तारवाद मुर्दावाद, कालापानी हाम्रै हो, लिपुलेक पनि हाम्रै हो, भारतीय सेना कालापानी छोड् लगायतका नारा लगाइएको थियो।

सुर्खेतमा प्रदर्शनीमाथि प्रहरीले हस्तक्षेप गरी नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर थापा, सचिव धनेन्द्र विक, सदस्य गणेश खड्का र जगत लामिछाने मगरलाई पक्राउ गरेको छ।

सुर्खेतमा मंगलगढीचोकबाट सुरु गरिएको प्रदर्शनी वीरेन्द्रचोक हुँदै नेताचोक पुगी कोणसभामा परिणत भएको थियो भने जुम्लाको जुलुस बजार परिक्रमा गरि कृष्णमन्दिर नेर कोण सभामा गरिएको थियो।
 

प्रकाशित मिति: : 2020-05-10 17:19:59

प्रतिकृया दिनुहोस्