धनुषामा छोराले चिर्पट प्रहार गर्दा बाबुको ज्यान गएको छ ।
क्षिरेश्वरनाथ नगरपालिका–३ पकडियाका ३० वर्षीय नरेश महासेठले घरायसी विवादका क्रममा मंगलबार बुबा जोगी महासेठमाथि दाउराको चिर्पट प्रहार गरेका थिए ।
चिर्पटप्रहारबाट ६० वर्षीय महासेठको गम्भीर घाइते भएका थिए। उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
चिर्पट प्रहार गर्ने नरेशको खोजी कार्य जारी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।