मानव अधिकार तथा शान्ति समाजले भारतले आक्रामक ढंगले नेपाली भूमि अतिक्रमण गरेकाले यसलाई अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चहरूमा प्रभावकारी ढंगले उठाउन गर्न सरकारलाई सुझाएको छ।
नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विषय सार्वजनिक भएलगत्तै एक विज्ञप्ति जारी गर्दै समाजले उक्त सल्लाह दिएको हो।
समाजले लिपुलेक अतिक्रमण गरेर भइरहेको सडक निर्माण कार्य तत्काल रोक्न पनि माग गरेको छ। यस्तै कालापानीमा तैनाथ भारतीय सेना फिर्ता गर्न पनि माग गरेको छ।
‘नेपाली भू–भागमाथिको भारतीय अतिक्रमणलाई रोक्न र नेपाली भूमि कालापानीमा तैनाथ भारतीय सेनालाई फिर्ता पठाउन शान्तिपूर्ण तवरमा कूटनीतिकरराजनीतिक पहल तीव्र बनाउन नेपाल सरकारसमक्ष पुनः आग्रह गर्दछ,’ समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ।