‘लकडाउनमा फसेका जमातीलाई लुकेको आरोप लगाइयो’

थाहा खबर

काठमाडौँ

राजु पौडेल
नेपालमा कोरोना महामारी रोकथाम गर्न लकडाउन कार्यान्वयनमा आएको आज ४६औं दिन हो। अहिलेसम्म देशभर कोरोना भाइरसबाट संक्रमित १०१ जना पहिचान भएका छन्। जसमध्ये नेपालगञ्जमा सबै भन्दा बढी २३ जना संक्रमित भेटिएका छन्‌।

धार्मिक यात्रा जमातीमा हिँडेका तीर्थयात्रीहरू संक्रमित भएको पाइएपछि अहिले इन्टरनेट सामाजिक सञ्जालमा मुसलमान समुदायमाथि केही मानिस र समूहले लान्छना लगाइरहेका छन्। पर्सा र उदयपुरका मस्जिदमा बसेकाहरुमा कोरोनाको संक्रमण पुष्टि भएपछि विदेशी जमातीहरुलाई मस्जिदमा लुकाइएको भनिएको छ। 

यो आरोपलाई मुस्लिम समुदायले कसरी हेरिरहेको छ? के आरोपहरू सत्य हुन्‌? धार्मिक सभा/समारोहमा मानिसहरू जमघट हुँदा देखिएको समस्या सम्बोधन गर्न मुस्लिम आयोगले के गरिरहेको छ? आयोगका अध्यक्ष सामिम मियाँ अन्सारीसँग थाहाकर्मी राजु पौडेलले यसबारे गरेका कुराकानी :
 

प्रकाशित मिति: : 2020-05-08 12:47:55

प्रतिकृया दिनुहोस्