कोरोनाभाइरसको महामारी चर्केपछि संसारभरि नै प्रयोगमा ल्याएका उपायहरुमध्येका एक हुन्– सामाजिक दुरी । सम्भवतः आजको विश्वमा यो शब्दसँग परिचित नहुने मानिस यस संसारमा नै थोरै मात्रै होलान् । तर मानिसमा मात्रै हैन, प्राणी जगत्मा पनि सामाजिक दुरीको अभ्यास हुने गर्छ भन्ने कुरा चाहिँ कमैलाई मात्र थाहा होला ।
हो, मानिसहरुमा जस्तै प्राणीहरुमा पनि सामाजिक दुरी कायम गर्ने कुराको अभ्यास हुने गर्छ । उनीहरुमा सामाजिक दुरीका आफ्नै विशिष्ट र अद्भूत खालका रणनीतिहरु हुने गर्छन् ।
मानिसहरुले जस्तै जनावरहरुले पनि सदैव रोगहरुसँग लडिरहेका हुन्छन् । फरक यति हो, उनीहरुलाई रोगबाट बच्नका लागि सामाजिक दुरी राख्नुपर्छ भन्ने कुराको सूचना विश्व स्वास्थ्य संगठन वा मुलुकका स्वास्थ्य निकायहरुबाट आइबस्नु पर्दैन । उनीहरुले त्यसको अभ्यास प्राकृति रुपमा नै गरिरहेका हुन्छन् ।