लकडाउनमा बिहे : मास्क लगाएर जन्ती, स्वागतमा स्यानिटाइजर, झुल काटेर डेकोरेसन

पहिलोपोष्ट

काठमाडौँ

प्रवीण रानाभाट

दश वर्ष पुरानो झुल अप्रत्यासित रुपमा लकडाउनमा प्रयोगमा आयो। झुल काटियो र बन्यो - सजाउने सामग्री। तयारी थियो, बिहेको। लकडाउनले सबै बन्द भएपछि आवश्यक सामग्री पाउने कहाँ? बिहेमा खाद्यान्नले मात्र नहुने! विधि फुकाउने सामान पाउनै कठिन। सजिसजाउका सामग्री त कहाँबाट पो किन्नु? त्यसैले झुलमात्र होइन, सिरकको खोल पनि सजावटमा प्रयोग भयो।

टोल सिंगै सुनसान, बेहुलीको घरको छतमा बन्यो मण्डप। जन्ती १० जनामात्र। गोकर्णदेखि सिफलसम्म जन्ती देख्दा वरपरकाले अनौठो मान्दै हेरिरहेका थिए। लकडाउनमा बिहे आफैँमा कठिन। बिहेका दृष्य हेर्दा निक्कै रोचक लाग्थ्यो।

गोकर्णका रवि श्रेष्ठ र सिफलकी सोनी श्रेष्ठबीचको यो विवाहमा आउनेहरुको सबैको मुखमा मास्कले ढाकेको थियो। जन्ती आइपुग्नासाथ स्वागत गरियो - स्यानिटाइजरले। जन्ती पर्सिनेदेखि टीका लगाउनेसम्मका काम मास्क लगाएरै सकियो।

प्रकाशित मिति: : 2020-05-06 20:10:59

प्रतिकृया दिनुहोस्