पेरु । हरेकले उनलाई ‘टोनी’ भन्छन् । आमाहरु आफ्ना बच्चाका साथ उनीसँग सेल्फी लिन्छन् । ‘स्ट्रिट हकर’हरु उनको हातमा बाला उपहारस्वरुप लगाइदिन्छन् । कलाकारहरुले उनको चित्र तयार पार्छन् र सोशल मिडियामा पोस्ट गर्छन् । टेलिभिजनकर्मीहरु अन्तरवार्ता, प्रोफाइन बनाउनका लागि सोध्छन्– मारिया एन्टोनियो अल्भा को हो ?
३५ वर्षीया उनी पेरुकी अर्थमन्त्री हुन् जो विनाशकारी महामारीका क्रममा एउटा महत्वाकांक्षी आर्थिक पुनरुत्थान योजना सञ्चालन गरिरहेकी छन् । साना व्यवसायी र सामान्य नागरिकको पुनरुत्थानका लागि उनले प्रशंसा बटुलिरहेकी छन् ।