ओली सरकारले हिंसा र आतंक मच्चाउन खोज्यो: विप्लव

बिएल संवाददाता

काठमाडाै‌ं

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र आतंक मच्चाउन खोजेको आरोप लगाएका छन् ।

बुधबार जारी गरिएकाे एक विज्ञप्तिमार्फत् विप्लवले कोरोना महामारीलाई मध्यजनर गरि स्थगित गरिएको कारबाहीलाई बेवस्ता गरि आफ्ना पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा (विरही)लाई पक्राउ गरिनुले सरकारले हिंसा र आतंक मच्चाउन खोजेको बताए ।

चितवनमा उपचाररत अवस्थामा रहेका बेला मंगलबार उनी पक्राउ परेका थिए ।

विप्लवले उनको पक्राउप्रति भत्र्सना गर्दै विना सर्त रिहा गर्न माग चेतावनी दिए । ओली सरकारको प्रतिवाद गर्न विप्लवले कार्यकर्तालाई निर्देशन पनि दिए ।

प्रकाशित मिति: : 2020-05-06 17:59:19

प्रतिकृया दिनुहोस्