रहेनन् हर्रेबर्रे काण्डका अगुवा रायमाझी

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बुद्धिबहादुर रायमाझीको फोक्सोको अर्बुदरोगका कारण निधन भएको छ । 

आज दिउँसो ३ बजे उपचारका क्रममा काठमाडौँमा उनको निधन भएको हो । नेपाली कम्युनिष्ट आन्दोलनका क्रममा १४ वर्ष कारागार जीवन बिताउनुभएका रायमाझी लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए । रायमाझीले सन्धिखर्कको भगवती माविमा लामो समय प्राध्यापन पेशा गरेका थिए ।

चर्चित हर्रेबर्रे काण्डका अगुवा  रायमाझी तत्कालीन नेकपा(एमाले) केन्द्रीय स्कूल विभाग सदस्य थिए । उनी पछिल्लो समय प्रगतिशील लेखक संघ जिल्ला अध्यक्षलगायत धेरै संघसंस्थामा आबद्ध रहेका थिए । 

रायमाझीका श्रीमती र दुई छोराछोरी छन् ।

प्रकाशित मिति: : 2020-05-04 21:39:31

प्रतिकृया दिनुहोस्