संघीय संसदको महासचिवमा डा. भरतराज गौतम नियुक्त

बिएल संवाददाता

काठमाडाै‌ं

संघीय संसदको महासचिवमा डा. भरतराज गौतम नियुक्त  भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार गौतमलाई महासचिवमा नियुक्त गरेकी हुन्।

त्यसअघि सोमबार नै सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार संसदका सचिव गौतमलाई महासचिव नियुक्त गर्न सिफारिस गरेका थिए।

कास्की लामाचौर घर भएका गौतम हाल स‌ंघीय संसदमा सचिवालय सचिव थिए। २०२३ साल भदौ २३ गते साविक लामाचौर गाविस– ५ मा जन्मेका गौतमले संसद सचिवालयमा २५ वर्ष सेवा गरेका छन् ।

२०५१ सालमा महान्यायाधिवक्ता कार्यालयमा नायब सुब्बाबाट सरकारी सेवा प्रवेश गरेका गौतम सोही वर्ष संसद सचिवालयमा शाखा अधिकृत भएका थिए । गौतम २०५९ सालमा उपसचिव, २०६३ सालमा सहसचिव र २०७५ साल असारमा सचिव बढुवा भएका थिए ।

संसद सचिवालयमा रहँदा गौतमले प्रवक्ताको जिम्मेवारी निर्वाह गरेका थिए । उनले राज्य व्यवस्था समितिको सचिव, पहिलो संविधानसभाको विधायन समिति सचिव, दोस्रो संविधानसभाको नागरिक सम्बन्ध समिति सचिव भएर काम गरिसकेका छन् ।

गौतमले संघीय संसद सचिवालयका तर्फबाट प्रादेशिक सभाहरुसँग समन्वय गर्न संयोजक भएर काम गरेका थिए ।

२०४० सालमा एसएलएसी उत्तीर्ण गौतमले त्रिभूवन विश्वविद्यालयबाट प्रशासनिक पुनर्संरचना विषयमा विद्यावारिधि हासिल गरेका छन् । उनले बीएल, गोल्डमेडलसहित जनप्रशासनमा एमए र प्रशासन तथा सांगठनिक सिद्धान्तमा एमफिल गरेका छन् ।

गौतमले भारत, चीन, बेलायत, अस्ट्रेलिया, अमेरिकालगायतका देशको भ्रमण गरेका छन् । गौतम सुप्रवल जनसेवा श्री, नेपाल विद्याभूषण क, महेन्द्र विद्याभूषण, नेपाल जनप्रशासन संघ (पान) र अजय तुलाधार गोल्ड मेडलबाट पुरस्कृत भएका थिए ।

२०२३ साल भदौ २३ गते साविक लामाचौर गाविस– ५ मा जन्मेका गौतमले संसद सचिवालयमा २५ वर्ष सेवा गरेका छन् ।

२०५१ सालमा महान्यायाधिवक्ता कार्यालयमा नायब सुब्बाबाट सरकारी सेवा प्रवेश गरेका गौतम सोही वर्ष संसद सचिवालयमा शाखा अधिकृत भएका थिए । गौतम २०५९ सालमा उपसचिव, २०६३ सालमा सहसचिव र २०७५ साल असारमा सचिव बढुवा भएका थिए ।

संसद सचिवालयमा रहँदा गौतमले प्रवक्ताको जिम्मेवारी निर्वाह गरेका थिए । उनले राज्य व्यवस्था समितिको सचिव, पहिलो संविधानसभाको विधायन समिति सचिव, दोस्रो संविधानसभाको नागरिक सम्बन्ध समिति सचिव भएर काम गरिसकेका छन् ।

गौतमले संघीय संसद सचिवालयका तर्फबाट प्रादेशिक सभाहरुसँग समन्वय गर्न संयोजक भएर काम गरेका थिए ।

२०४० सालमा एसएलएसी उत्तीर्ण गर्नुभएका गौतले त्रिभूवन विश्वविद्यालयबाट प्रशासनिक पुनर्संरचना विषयमा विद्यावारिधि गरेका थिए । उनले बीएल, गोल्डमेडलसहित जनप्रशासनमा एमए र प्रशासन तथा सांगठनिक सिद्धान्तमा एमफिल गरेका थिए ।

गौतमले भारत, चीन, बेलायत, अस्ट्रेलिया, अमेरिकालगायतका देशको भ्रमण गरेका छन् । गौतम सुप्रवल जनसेवा श्री, नेपाल विद्याभूषण क, महेन्द्र विद्याभूषण, नेपाल जनप्रशासन संघ (पान) र अजय तुलाधार गोल्ड मेडलबाट पुरस्कृत भएका थिए ।

मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि सभामुख अग्निप्रसाद सापकोटाले २ चैतमा गोपालनाथ योगीलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए।
 

प्रकाशित मिति: : 2020-05-04 18:08:50

प्रतिकृया दिनुहोस्