धादिङमा ११ रुपैयाँमा किनेको काउली काठमाडौँमा ६० रुपैयाँमा बिक्री !

रातोपाटी

काठमाडौँ

मदन ढुङ्गाना

शनिवार धादिङको थाक्रे गाउँपालिकामा पर्ने धार्केमा गायत्री मिजार बिक्रीका लागि आफूले उत्पादन गरेको काउली बैगुन जोख्दै थिइन् । गायत्रीले आफ्नै बारी र खेत भाडामा लिएर धार्केमा तरकारी खेती गर्दै आएकी छन् । यसवर्ष उनले ४ हजार थान काउलीको बिरुवा लगाइन् । काउली पनि राम्रै फलेको छ । तर उनको उत्पादनले बजार पाए पनि मूल्य भने पाउन सकिनन् ।

५ दिन अगाडि मात्रै उनले ३ सय किलोग्राम काउली प्रतिकिलो ११ रुपैयाँको दरले बिक्री गरिन् । महिनौँको मिहिनेत र खेतबाट डोकोमा बोकेर पृथ्वी राजमार्गको मुख्य सडकसम्म ल्याएर बेच्दा उनको काउलीले पाएको मूल्य जम्मा त्यति नै हो ।

प्रकाशित मिति: : 2020-05-03 21:43:03

प्रतिकृया दिनुहोस्