लकडाउनका कारण राजस्व संकलन ठप्प, तस्करी बढ्यो !

लोकान्तर

काठमाडौँ

अजय अनुरागी

आन्तरिक राजस्व कार्यालय जनकपुरको वार्षिक लक्ष्य ४ अर्ब ५९ करोड रूपैयाँ राजस्व संकलन गर्ने छ । धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली गरी ४ जिल्लाको राजस्व उक्त कार्यालयले संकलन गर्ने गर्छ । आय कर, घरबहाल कर, ब्याज, मूल्य अभिवृद्धि कर, अन्तशुल्क कर उक्त कार्यालयले असुल गर्ने गर्छ । 

कोरोनाभाइरसको संक्रमण रोक्नका लागि गरिएको लकडाउनका कारण अहिले राजस्व संकलनको काम पूर्णरूपमा प्रभावित भएको छ । लकडाउन भएदेखि नै उक्त कार्यालय बन्द छ । कार्यालयको मुख्य प्रवेशद्वारमा नै तालाबन्दी गरिएको छ ।

चालू आर्थिक वर्षको चैत महिनामा मात्र ३३ करोड ५४ लाख ५२ हजार रूपैयाँ लक्ष्य रहेकोमा ११ करोड २ लाख ५० हजार रूपैयाँ राजस्व मात्र संकलन भएको छ ।

प्रकाशित मिति: : 2020-05-03 21:20:04

प्रतिकृया दिनुहोस्