समीक्षाको सम्पूर्ण उपचार खर्च एन्फाले व्‍यहोर्ने, महानगरप्रमुख पराजुलीद्वारा २५ हजार सहयोग

अखिल नेपाल फुटबल संघ एन्फाले आँखामा चोट लागेकी फुटबल खेलाडी समिक्षा मगरको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने भएको छ।

आइतबार विराटनगरस्थित विराटनगर आँखा अस्पतालमा उपचाररत मगरसंगको भेटका क्रममा एन्फाका प्रवक्ता किरण राईले बिरामी खेलाडीको उपचार खर्च ब्यहोर्ने जनाएका हुन्।

एन्फाले शनिबार सुरुआतमा २५ हजार रुपैया चोटग्रस्त मगरको परिवारलाई उपलब्ध गराएको जानकारी दिदैं प्रवक्ता राईले भने, ‘युवा महिला खेलाडीलाई परेको दुःखमा एन्फा साथमा रहेको छ। एन्फाले उनलाई आर्थिक रुपमा कुनै किसिमको समस्या हुन दिनेछैन।

आँखाको उपचारका क्रममा लाग्ने सबै पाटो अब एन्फाले हेर्नेछ।’ आर्थिक अवस्था कमजोर रहेको मगर परिवारलाई एन्फाले चोटग्रस्त समिक्षाको उपचारपछि पोषिलो खानेकुरामा समेत सहयोग गर्ने जनाएको छ।

प्रकाशित मिति: : 2020-05-03 20:31:33

प्रतिकृया दिनुहोस्