भारतमा अलपत्र परेका नेपालीको उद्दार गरिदेऊ: साझा अन्तर्राष्ट्रिय सद्भाव समूह

साझा अन्तर्राष्ट्रिय सद्भाव समूह,भारतले अलपत्र परेका नेपालीहरुको उद्दार गरिदिन आग्रह गरेको छ। 

समूहका संयोजक गंगाप्रसाद भट्टराईले आइतबार एक विज्ञप्ती जारी गर्दै भारतमा जारी लकडानका कारण नेपालीहरु खान नपाउने अवस्थामा पुगेको भन्दै उद्दारका लागि तत्काल कदम चाल्न भारतस्थित नेपाली दूतवासलाई आग्रह गरेका हुन्।

‘भारतका विभिन्न शहरमा नेपालीहरु अलपत्र परेको एक महिला हुँदासमेत नेपाली दूतवास दिल्लीले कुनै पहल नगरेको गुनासो आइरहेका छन्। कोरोनाको त्रमसले प्रवासीहरु मानसिक त्रासमा बस्नुपरेको छ। यस्तो अवस्थामा पनि दूतवासले कुनै कदम नचाल्नु दुखद् पक्ष हो,’विज्ञप्तीमा भनिएको छ।

उनीहरुले तत्काले अप्ठेरोमा परेका नेपालीहरुलाई राहत र उद्दारको पहल चलिदिन पनि आग्रह गरिएको छ। हाल भारतमा लाखौंको संख्यामा नेपालीहरु बस्दै आएका छन्। यहाँ कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनदिनै बढिरहेको छ। पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसको संक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने २ हजार ६४४ जना संक्रमित भेटिएका छन्। 

भारतमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३२३ जना पुगेको छ भने संक्रमितको संख्या ३९ हजार ९८० जना पुगेको भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। 

हाल भारतमा कोरोना संक्रमितमध्ये १० हजार ६३३ जना निको भएका छन्। कूल संक्रमितमध्ये २८ हजार ४६ जना उपचारकै क्रममा रहेका छन्।

प्रकाशित मिति: : 2020-05-03 17:10:20

प्रतिकृया दिनुहोस्