बैशाख २५ गते नेकपाले बोलायो स्थायी समिति बैठक

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ।

शनिबार साँझ सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी बैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हाे।

त्यसअघि वैशाख २४ गते स्थायी कमिटी बैठकको आवश्यक तयारीका लागि सचिवालय बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

यसअघि नेकपाभित्र विवाद बढ्दै गएपछि स्थायी समितिको बैठक बोलाउन पार्टीमा दवाव बढेको थियो। पार्टीका २० स्थायी समिति सदस्यले त्यसका लागि अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई पत्र समेत बुझाएका थिए। 

प्रकाशित मिति: : 2020-05-02 20:56:11

प्रतिकृया दिनुहोस्