हात्तीगौँडामा दैनिक १३ सय जनालाई निशुल्क खाना खुवाउने परोपकारी समूह

देशसञ्चार

काठमाडौँ

पूर्णिमा विश्‍वकर्मा

काठमाडौँस्थित हात्तीगौँडाको चोकबाट बायाँ पश्चिमतर्फको गल्ली तिर लागेपछि रातो रंगको घर देखिन्छ। जहाँ लेखिएको छ, (डब्लुएचआर) मानव अधिकारका लागि महिला एकल समूह।

कार्यालयको चौथो तलामा खानाको तयारी भइरहेको थियो। जहाँ कोही खाना पकाइरहेका थिए भने कोही प्याकिङ गरिरहेका थिए। साँझ ५ बजेदेखि खाना वितरण गर्नका लागि २५ जनाको टोली काम गरिरहेको थियो।

खाना पकाउने सिलसिला सरकारले दोस्रो पटक लकडाउन थप गरे देखिको हो। महिला समूहकी अध्यक्ष लिली थापाले आफूहरुले पहिलो दिन ४ जनाबाट खाना पकाउन सुरु गरेको बताइन्।

प्रकाशित मिति: : 2020-05-02 17:14:44

प्रतिकृया दिनुहोस्