लकडाउनले ‘डाउन’ नभएको च्याउ उद्योग, प्रशोधन सँगसँगै बेमौसमी खेती

लोकान्तर

काठमाडौँ

लखन चाैधरी
कोरोनाको कहरबीच सुदूरपश्चिमकै ठूलो च्याउ प्रशोधन उद्योगले नेपालमै नौलो तथा बैमौसमी च्याउ खेती थालेको छ ।

सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठूलो धनगढी उपमहानगरपालिका–१२ जुगेडा बीगाउँस्थित ओम केदार च्याउ तथा तरकारी फर्मले कोरोनाको कहरसँग जुध्दै च्याउको प्रशोधन, बीउ उत्पादन र नयाँ–नयाँ प्रजाति तथा बैमौसमी च्याउको खेतीमा जुटेको छ ।

फर्मका सञ्चालक कमल घर्तिमगरले लकडाउनका कारण बजार पुग्न नसकेको काँचो च्याउलाई प्रशोधन गरी प्याकेजिङ थालेको बताए । केन्द्रले हालसम्म च्याउको अचार, सुकुटी र गोब्रे च्याउको क्यान तयार गरी भण्डारण गरेको छ । लकडाउनपछि बजार पुर्‍याउने समय कुरेर बसेको सञ्चालक घर्तिमगर बताउँछन् ।

‘कोरोना महामारी र लकडाउनले असर नपारेको क्षेत्र सायद नहोला । कोही अछुतो रहेन । कारोबारमा गिरावट आएपनि काम रोकेका छैनौं । सामाजिक दूरी कायम गरेर भएपनि काम जारी राखेका छौं,’ उनले भने, ‘संकटबीच सम्भावनाको खोजीमा छौं ।’

प्रकाशित मिति: : 2020-05-02 17:10:21

प्रतिकृया दिनुहोस्