नेकपाको सचिवालय बैठक एकघण्टा पछि सारियाे

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक एकघण्टा पछि सारिएकाे छ।  शनिबार अपरान्ह ४ बजे बस्ने भनिएपनि आन्तरिक छलफल कायमै रहेकाले अपरान्ह ५:३० बजे बस्न लागिएकाे स्राेतले बताएकाे छ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल–माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब दिन राजीनामाको मिति ‘माइन्युट’ गर्न दवाव बढाउने तयारी गरेको बताइएको छ ।

गत बुधबारको सचिवालय बैठकमा अध्यक्ष दाहाल– नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग राखेका थिए ।

तर प्रधानमन्त्री केपी ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । 

सचिवालयमा दुई फरक–फरक प्रस्तावसँगै बुधबार स्थगित भएको बैठक आज बस्न लागेको हो ।

सचिवालय बैठक अगाडि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले पार्टीका शीर्ष नेतासँग छलफल गरेका छन् ।

त्यसैगरी दाहाल नेपालले पनि विभिन्न नेतासँग परामर्श गरेका छन् ।

प्रकाशित मिति: : 2020-05-02 14:42:49

प्रतिकृया दिनुहोस्