लकडाउन : सामाजिक सुरक्षा भत्ता वितरण 

कोभिड–१९ को जोखिम रोक्नका निम्ति लकडाउन जारी रहदा दिपायल सिलगढी नगरपालिकाले घर घरमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ। सबै वडा मार्फत् नगरवासीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो।

कोरोनाका कारण भत्ता वितरणमा समस्या भएको नगर प्रमुख मञ्जु मलासीले भने 'हामीले कोरोनाबाट बच्ने विधि अपनाएर भत्ता दिन शुरु गरेका छौँ।” 

लकडाउनका कारण घरखर्च चलाउन समेत आइपरेको समस्यालाई अन्त्य गर्न घर घरमै पुगेर भत्ता वितरण शुरु गरिएको उनको भनाइ छ।

भत्ता पाएपछि सेवाग्राही खुशी  छन्। नगरपालिकाले वडा नं ७ को रातुली र पाकरीबाट भत्ता दिन शुरु गरेको छ। नगरभरिमा कम्तीमा पनि एक हजारभन्दा बढी नागरिक्ले सो भत्ता पाउँदै आएको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत खेमराज गुरुङले जानकारी दिए।

 

प्रकाशित मिति: : 2020-05-02 12:19:55

प्रतिकृया दिनुहोस्