जसले मान्छेको दुरुस्तै स्केच बनाउँछन्

थाहा खबर

काठमाडौँ

राजु पौडेल
विक्रम सुवेदी मात्र १९ वर्षका भए। पृथ्वी नारायण क्याम्पस पोखरामा स्नातक चौथो वर्ष अध्ययनरत सुवेदीको परिचय विद्यार्थीमा मात्र सीमित छैन।आफूलाई राम्रो कलाकारका हैसियतमा स्थापित गर्न खोजिरहेका उनी पढाईलाई जीवनको एक हिस्सा ठान्छन्‌। भन्छन्‌, 'औपचारिक अध्ययन मात्रै सबथोक होइन, राम्रा स्केच बनाउनु मेरो रहर र लक्ष्य दुवै हो।'

लकडाउन हुनुभन्दा केही दिनअघि पोखरास्थित उनको घर चापाकोट पुग्दा सुवेदी नायिका केकी अधिकारीको स्केच आर्ट गर्न व्यस्त थिए। यसअघि नै उनले स्थानीयहरूको स्केच बनाएर बिक्री गर्दै आइरहेको बताए।

उनले हालसम्म २०० भन्दा बढी स्केच बनाइसके। देश तथा विदेशी चर्चित व्यक्ति र व्यक्तित्वलाई उनले कागजमा उतारिरहेका हुन्छन्‌। ५० भन्दा बढी  सेलिब्रेटीहरूको स्केच बनाइसकेका छन्‌ उनले। अधिकांश सेलिब्रेटीले उनको कलाको मुक्त कण्ठले प्रशंसा गर्ने गरेको सामाजिक संजालमा देख्न सकिन्छ।
 

प्रकाशित मिति: : 2020-05-02 11:59:13

प्रतिकृया दिनुहोस्