राजा वीरेन्द्रले कोन्स्टाइनलाई दिएको त्यो पदक...

नमीन ढकाल
२९ अप्रिलमा नेपाल राष्ट्रिय फुटबल टिमका पूर्व-प्रशिक्षक स्टेफेन कोन्स्टाइनले ट्विटरमा एउटा फोटो पोष्ट गरे। जहाँ राजा वीरेन्द्रले उनको गलामा पदक लगाइदिइरहेका थिए। र, छेउमा उभिएका थिए तत्कालीन युवराज दिपेन्द्र। २ दशक अघिको त्यो नोस्टाल्जिया फोटोको क्याप्सन थियो,‘मेरो जीवनको एउटा गर्विलो क्षण।’ 

२ वर्ष नेपाली टिमलाई प्रशिक्षण गरेका कोन्स्टाइनको उपलब्धिमूलक क्षण नेपालले घरेलु भूमिमा आयोजना गरेको सन् १९९८ को आठौँ दक्षिण एसियाली खेलकुद (साग) बन्यो। जहाँ नेपाल बंगलादेशसँग १-० हार्दै रजत पदक पाएको थियो। कोन्स्टाइनकालमा सागको तेस्रो स्वर्ण जित्ने अवसर नेपालले गुमाउन पुग्यो। तर, उनका लागि नेपाल बसाई उपलब्धिमूलक नै रह्यो। त्यही प्रदर्शनको आधारमा राजा वीरेन्द्रले उनलाई प्रवल गोर्खा दक्षिण बाहु पदकले सम्मान गरे।

२ दशकअघि पदक पाएपछि कोन्स्टाइनले भनेका थिए 'यो पूर्णरूपमा अप्रत्याशित थियो र अहिले पनि म यो विश्‍वास गर्न सक्दिनँ। मलाई भनिएको थियो कि म यो पुरस्कार पाएको पहिलो र एक मात्र फुटबल प्रशिक्षक हुँ र म खुसी छु। उनीहरूले मलाई भने कि यो नेपाली फुटबल विकासको लागि हो।’
 

प्रकाशित मिति: : 2020-05-01 15:40:53

प्रतिकृया दिनुहोस्