दुई प्रतिशत ब्याज छुट अपर्याप्त भएको व्यवसायीको गुनासो

रातोपाटी

काठमाडौँ

प्रयास श्रेष्ठ

 लकडाउनका कारण प्रभावित निजी क्षेत्रका व्यवसायीको आर्थिक असरलाई न्यूनीकरण गर्न भन्दै सरकारले गत मङ्गलबार बैंकिङ कर्जामा ब्याज छुटसहितको राहत प्याकेज ल्यायो ।  नेपाल राष्ट्र बैंकले व्यावसायिक कर्जामा व्यवसायीलाई दुई प्रतिशतको ब्याज छुट दिन सबै बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन समेत दिइसकेको छ । 

बैंकले आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमाससम्मको ब्याज रकममा यस्तो ब्याज कट्टी गर्न भनेको छ । तर उक्त छुट लकडाउनको बेलामा पनि सुचारु रहेका र उद्यम गरिरहेका व्यावसायिक क्षेत्रका लागि नभएर प्रभावित क्षेत्रमा प्रवाह भएको कर्जाका लागि हो ।

यस्तो ब्याज छुट खाद्यान्न प्रशोधन तथा बिक्री वितरण, ग्यास उत्पादन तथा बिक्रीवितरण, इन्टरनेट सेवा प्रदायक, दूरसञ्चार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सुर्ती तथा मदिराजन्य उद्योग, सञ्चालनमा रहेका जलविद्युत् आयोजनाको हकमा लागू नहुने बैंकले प्रष्ट पारिसकेको छ । 

प्रकाशित मिति: : 2020-04-30 17:56:14

प्रतिकृया दिनुहोस्