सन् २०१९ को अन्त्यबाट चीनको वुहानबाट विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट हालसम्म २ लाख २८ हजारभन्दा बढीको ज्यान गइसकेको छ। ३२ लाखभन्दा बढी मानिसमा संक्रमण देखिएको छ।
चीनबाट युरोपका विभिन्न शहर हुँदै अमेरिका छिरेको कोरोनाका कारण विश्वका २१० देशका अर्बौ मानिस पीडित छन्।
कोरोनाबाट सबैभन्दा बढी पीडित देश अमेरिकामा यो समाचार तयार पार्दासम्म १० लाख ६५ हजारभन्दा बढी मानिसमा सक्रमण देखिएको छ। ६२ हजारको ज्यान जाँदा अझै ८ लाख ५६ हजार मानिस उपचार गराइरहेका छन्।
यसबाट अमेरिकामा बसोबास गर्ने नेपालीसमेत पीडित छन्। त्यसमा पनि दैनिक काम गरेर खाने नेपालीलाई अहिले छाक टार्नै धौ धौ परेको छ।
अमेरिकी सरकारले आफ्ना नागरिक र यहाँ बसोबास गर्नेलाई राहत दिँदै आएको छ। यद्यपी उक्त राहत सुविधाबाट अधिकांश नेपाली बञ्चित छन्। जसबाट यहाँका नेपालले थप तनाव र विभिन्न समस्याहरू भोग्नुपरिरहेको छ।
विशेषत: अवैध रूपमा अमेरिकामा बस्दै आएका र कागजपत्र नभएका नेपालीलाई यतिबेला धेरै समस्या परेको अमेरिकाको टेक्सास राज्यस्थित अष्टिन सिटीमा रहेको क्रिएटिभ एकाउन्टिङ ट्याक्स सर्भिसका सञ्चालक दिनेश दुलाल बताउँछन्।
बिएल नेपाली सेवासँग विशेष कुरा गर्दै दुलालले अमेरिकामा रहेका नेपालीको अवस्था असामान्य रहेको भन्दै कागजपत्र नभएकाले थप समस्या भोग्नु परिरहेको बताए।
‘विशेषत: कागजपत्रबिहिन नेपाली यतिबेला ठूलो समस्यामा छन्। सरकारले दिने राहतबाटसमेत उनीहरू बञ्चित छन्’, उनले भने, ‘कागजपत्र भएकाले त अनइन्प्लोय मेण्ट बेनिफिट सेवा लिन पाउँछन्, धेरै नेपाली अहिले यो सेवा लिने चरणमा छन्। तर, कागज नभएकाले भने यस्तो सेवा र सुविधा पाउँदैनन्। बाहिर काम पनि छैन, सबैतिर बन्द छ, समस्या झन बढ्ने अवस्था छ।’
कसरी लिने अनइम्प्लोयमेन्ट सेवा?
अनइम्प्लोमेन्ट सेवा अन्तर्गतको राहत लिन एउटा प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।
आफू कामबाट निकालिए, अथवा बेरोजगार भएमा आवश्यक प्रक्रिया पूरा गरी यो सेवा लिन सकिन्छ। यो सेवा लिन कम्तीमा ४ साता लाग्छ। तर अहिले भने यस्तो संक्रमणको बेला एक सातामै काम हुँदै आएको छ। आवश्यक सबै कागजपत्र मिलेमा एक सातामा अनइम्प्लोयमेन्ट सेवा पाइन्छ।
यसका लागि काम गरेको ठाउँ र काम छाडेको अथवा निलालिएको विवरण सही हुनुपर्छ। त्यस्तै आफूले पाउने तलब भत्ता कति हो खुलाउनुपर्छ। त्यति पूरा गरेपछि कम्तीमा ७० अमेरिकी डलरदेखि ५ सय डलरसम्म पाइन्छ।
धेरै नेपालीले अहिले यो सेवा लिने प्रक्रियामा छन्। धेरैको काम छिनिएको छ, काममा जान सक्ने अवस्था छैन। त्यस्ताले यो सेवा लिने गरेका छन्।
सरकार, हामी आफ्नै खर्चमा नेपाल आउन चाहन्छौं, चार्टर विमान ल्याण्ड गर्ने अनुमति दिनुहोस् (भिडियो)