बाराका २ जनामा लक्षण बिना नै कोरोना पोजेटिभ

बाराका २ जना व्यक्तिमा कोरोना भाइरस पोजिटिभको रिपोर्ट आएपनि संक्रमणको कुनै लक्षण नभेटिएको तथ्य फेला परेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परिक्षणमा पर्सामा १ र बारामा २ जना गरि एकै दिन बुधबार ३ जनामा कोरोना पोजेटिभ देखिएको थियो।

महामारीको रुपमा रहेको कोरोनाको संक्रमण भए विभिन्न लक्षणहरु देखा पर्छन्। संक्रमित व्यक्तिमा सुख्खा खोकी लाग्नु, सास गाह्नो हुनु, ज्वरो आएर स्वाँस्वाँ हुने जस्ता केही मुख्य लक्षणहरु देखा पर्छन। तर बाराका २ जनामा  यस्तो कुनै पनि लक्षण नभेटिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए । 


‘बारामा भेट्टिएका २ जनालाई कोरोना संक्रमण भएको जानकारी ४९ दिनको कोरोनाको परीक्षण पछि ५० औं दिनमा संक्रमण भएको थाहा पाएको हौं। यो भन्दा पहिले ति २ दुई संक्रमितमा कोरोनाको कुनै लक्षण फेला परेका थिएन्,दुवै हेर्दा एकदम तन्दरुस्त थिए ।,‘ प्रजिअल भने 

उनका अनुसार एक जनाको उमेर ३१ र अर्काको उमेर ४७ वर्ष छ। उनीहरुमा रुघा खोकी निमोनिया जस्तो केहि लक्षण छैन।

ति दुवै तबलिगी जमाति हुन्। एकजना सिम्रौनगढका मौलाना जितपुर सिमरा १९को मदर्सामा बस्ने बालबालिकालाई पढाउदै आएका थिए। भने अर्का पुरुष पनि दिल्लीबाट फर्केर मस्जिद र घर परिवारमा बस्दै आएका थिए । 

नेपालमा देखिएका कोरोना भाइरसका संक्रमित मध्ये अधिकाशंमा लक्षण नै देखिएको छैन। यसअघि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका पाँच जनामध्ये चार जनामा १० दिन बितिसक्दा पनि कोरोनाको लक्षण देखिएको थिएन। 

जितपुरसिमरा उपमहानगरपालिकाका मेयर डा.कृष्ण पौडेलका अनुसार जितपुरसिमरा–७ जितपुरका पुरुष दिल्लीबाट फर्केर वीरगञ्ज–३ छपकैयाको मक्की जामे मस्जिदमा केही दिन बसेर जितपुर घर फर्केपछि वैशाख ९ गते सिमरा क्वारेन्टाइनमा ल्याइएको थियो भने अर्का एक स्थानीय घर पुरुष सिम्रौनगढ नगरपालिकाको हरिहरपुर भएका उनी दिल्लीबाट फर्केर केही दिन घरपरिवारमा बसेर जितपुरिसिमरा–१९ ईनार्वासिरामा रहेको मदर्सामा बस्दै आएका थिए ।,‘ मेयर पौडेलले भने ‘उनी जमातिबाट आएको जानकारी पाउना साथ वैशाख १४ गते सिमरा क्वारेन्टाइनमा ल्याइएर राखिएको थियो।’ 

यी दुई जनासँग क्वारेन्टाइनमा बस्दै आएका ९ जनाको थ्रोट स्वाब संकलन गरि पीसीआर परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउदा रिपोर्ट पोेजेटिभ आएको हो।

प्रकाशित मिति: : 2020-04-30 12:58:48

प्रतिकृया दिनुहोस्