भर्चुअल पढाइमा बहिरा विद्यालयका प्रअको प्रश्न : उनीहरुलाई कसरी अनलाइनबाट पढाउने?

पहिलोपोष्ट

विराटनगर

फूलमाया पुरी

विराटनगरमा रहेको विराट बहिरा माविकी ओमकुमारी राय कान सुन्दिनन्। झापा अर्जुनधाराकी २२ वर्षीय राय एसईई परीक्षा स्थगित भएको भोलिपल्टै घर पुगिन्।

परीक्षाको तयारीका लागि विर्तामोडसम्म पुगेकी ओमकुमारीले हतारमा आफ्ना पुस्तक लैजानै बिर्सिछिन्। घर पुगेको केही दिन त उनले पढाइबारे सोच्नै सकिनन्। अहिले पढ्न मन छ पुस्तक छैन।

‘दिदी त ७ गते नै घर आउनुभयो। तर आफ्ना किताब ल्याउनै बिर्सिनु भएछ,’ ओमकुमारीकी बहिनी कविता रायले भनिन्।

लकडाउनको समय। त्यसमा साथमा किताब छैन। न घरमा इमेल इन्टरनेटको सुविधा नै छ। त्यसलै उनले परीक्षाको तयारी गर्न सकेकी छैनन्।

प्रकाशित मिति: : 2020-04-30 08:29:21

प्रतिकृया दिनुहोस्