वरिष्ठ नेता नेपाल र चिनियाँ चिकित्सकबीच भिडियो कन्फेरेन्स

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव नेपालले काेराेना भाइरस (कोभिड-१९) को चुनाैति सामना र सहकार्यबारे चिनियाँ चिकित्सकहरुसँग छलफल गरेका छन्।

पार्टीकाे विदेश मामला विभाग प्रमुखसमेत रहेका नेपालले बुधबार उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोख्रेल, सात वटै प्रदेशका पार्टी इन्चार्ज( पृथ्वीसुब्बा गुरुङ बाहेक) संयाेजनामा चिनीयाँ चिकित्सकहरुसँग छलफल गरेका हुन्।

छलफलमा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ् ताओ, प्रोफेसर झोङ नान सान, मेडिकल डाक्टरहरू तथा बैज्ञानिकहरु सहभागि थिए। उनीहरुसँग  तीन घण्टा लामो भिडियो कन्फेरेन्स गरिएकाे नेता नेपालले जानकारी दिए।

प्रकाशित मिति: : 2020-04-29 19:31:24

प्रतिकृया दिनुहोस्