के राष्ट्रपति डोनाल्ड ट्रम्पको गल्तीको नतिजा पुरै अमेरिकाले भोगिरहेकै हो?अमेरिकामा अहिले यसको चर्चा व्यापक भएको छ। अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले चीनमा कोरोना भाइरस फैलिएपछि अमेरिकी राष्ट्रपतिलाई सावधानी अपनाउन १२ पल्ट सूचना प्रभाव गरेको थियो।
तर, राष्ट्रपति ट्रम्पले सीआईएको चेतावनीलाई बेवास्ता गर्दा अमेरिकामा अहिले कोरोनाले महामारीको रूप लिइसकेको छ।
अमेरिकामा हालसम्म १० लाखभन्दा बढी संक्रमित देखा परिसकेका छन् भने मर्नेको संख्या ६० हजार पुगेको छ।
अमेरिकाका पूर्व सीआईए अधिकारीले ‘दि वासिङ्टन पोस्ट’ मै ट्रम्पलाई जनवरी र फेब्रुअरी महिनामा दैनिकी जस्तो लगातार ब्रिफ्रिङ गरेको बताएका छन्। तर ट्रम्पले बारम्बार जानकारी दिएको विषयवस्तुलाई बेवास्था गरेकोमा उनीहरूले दुःखेसो पोखे।
चीनमाथि अहिले आरोप छ, कोरोना भाइरसको संक्रमण डिसेम्बरको सुरुमा नभएर नोभेम्बरदेखि नै फैलिसकेकाे थियाे। तर चीनले विश्वलाई लुकाएर राखेको बताइएको छ। कोरोना भाइरस संक्रमणको जानकारी दिने २ बैज्ञानिकमध्ये एकलाई पहिले नै अज्ञात स्थानमा लगेको र अर्कोकाे सन्देहास्पद परिस्थितिमा निधन भएको जनाइएकाे छ।
३१ डिसेम्बरमा चीनले कोरोनाको विषयमा विश्व स्वास्थ्य संगठनलाई जानकारी दिएको थियो। यसपछि डब्लूएचओले यसलाई विश्व महामारी घोषित गर्न निकै समय लगाएको आरोप अमेरिकाले लगाउँदै आएकाे छ।