जर्मनीमा लकडाउन विस्तारै खुकुलो हुँदै, मास्क अनिवार्य लगाउनुपर्ने

कोरोना भाइरसबाट निकै प्रभावित युरोपेली मुलुकहरुमा भने लकडाउन विस्तारै खुकुलो बनाउने तयारी हुन थालेका छन् । 

जर्मनीले बुधबारदेखि सामान किन्न पसल जाने हरेक व्यक्तिलाई मास्क लगाउन अनिवार्य गरिएको छ । कोरोना महामारी पुनः शुरु हुने खतराकै बीच आर्थिक क्षति कम गर्न पनि लकडाउनलाई केही खुकुलो बनाउन लागिएको हो । 

यही कोरोना संकटले अमेरिकामा लाखौं मानिसलाई बेरोजगार बनाएको छ । यहाँ कोविड–१९ का बिरामीको संख्या विश्वमै सबैभन्दा बढी छ 

विश्वभर करिब २ लाख १८ हजारभन्दा बढीको मृत्यु भइसक्दा त्यसको करिब एक तिहाईको मृत्यु अमेरिकामा मात्र भएको छ ।
 
शताब्दीमै सर्वाधिक खराब आर्थिक मन्दीको पूर्वानुमान गरिएसँगै सामानको मागमा व्यापक कमी आएको तथा यात्रा र पर्यटन क्षेत्रमा नराम्रो असर परेको छ । 

ब्रिटिस एयरवेजले खतराको घण्टी बजाइसकेको छ । कम्पनीले आफ्ना कर्मचारी एक तिहाईले कटौती गर्ने जनाएको छ । 

लेबनानमा ठूलै आर्थिक संकटको अवस्था सिर्जना भइसकेको छ । राष्ट्रव्यापी लकडाउनको बेवास्ता गर्दै मानिसहरु सडकमा प्रदर्शनमा उत्रिएका छन् । 

प्रकाशित मिति: : 2020-04-29 14:18:54

प्रतिकृया दिनुहोस्