१२० वर्षअघि पहिलोपटक अमेरिकामा प्लेग महामारी फैलिएपछि...

नेपालन्यूज

काठमाडौँ

एनड्रिउ ललेर 

मार्च ६, १९०० मा सेन फ्रान्सिस्को चाईनाटाउनस्थित एक होटलको बेसमेन्टमा ४१ वर्षीय चिनियाँ–अमेरिकी कामदार चीक जिनको शव भेटिएको थियो। मृत्युको प्रमाणपत्र लेखिरहँदा एक डाक्टरले शवमा अचम्म लाग्ने धुलो किसिमको पदार्थ (नोडुलस) पाएका थिए।

ल्याबमा गरिएका परीक्षणमा मृत्युको कारण डरलाग्दो बुबोनिक प्लेग रहेको पाइयो। अमेरिकामा पुष्टि भएको पहिलो केस यही थियो। पुष्टि भएसँगै सहरमा भर्खर बनेको स्वास्थ्य विभागले चाइनाटाइनका बासिन्दालाई पूर्ण क्वारेन्टाइनमा राख्यो।

दुई वर्षसम्मको समय प्लेगको अस्तित्व नमान्ने क्यालिफोनिर्याका आधिकारिक व्यक्ति र बढिरहेको महामारीलाई रोक्न लडिरहेका वैज्ञानिकहरुबीच अपत्यारिलो संघर्ष चलेको थियो। परिणामस्वरुप राष्ट्रव्यापी रुपमा राष्ट्रपति र झन्डै दुई दर्जन गर्भनरबीच विवाद भयो, जसले क्यालिफोर्नियाका गर्भनरलाई पदच्यूत गरियो। त्यतिन्जेल एक अग्रणी वैज्ञानिकको कुरा पनि मानिएको थिएन, र, यो भयानक रोगबाट हजारौंको संख्यामा मृत्यु भयो।

प्रकाशित मिति: : 2020-04-29 09:24:53

प्रतिकृया दिनुहोस्