अमेरिकन आइडलको उत्कृष्ट १० मा पुग्लान् त नेपाली युवा दिवश ?

बिएल संवाददाता

कान्सास सिटी- अमेरिका

अमेरिकी सांगीतिक रियालिटी शो अमेरिकन आइडलको उत्कृष्ट १० मा पुग्लान् त नेपाली युवा दिवेश पोखरेल ? अहिले घरदेश नेपालदेखि परदेशमा विश्वभर छरिएर  रहेका नेपालीमाझ यो एक चासो र उत्सुकताको प्रश्न रहेको छ। त्यसमा पनि अमेरिकामा रहेको नपाली डायस्पोरामा त यसको बढी नै प्रतीक्षा छ।  

उनलाई उत्कृष्ट १०मा पुर्याउने भोटिङ समय पनि सकिसकेको छ र अब आइतबार घोषणा हुने परिणामको मात्र प्रतीक्षा छ। 

भोटिङ समय सकिएपछि पोखरेलले भनेका छन्, 'धेरैभन्दा धेरै नेपालीले मतदान गरेर आफूलाई उत्कृष्ट १० मा पुर्याउन सहयोग गर्नुभएको छ। आशा गरौं, सबैको साथ र सहयोगले उत्कृष्ट १० मा पुर्याउने नै छ।'

उनले परिणाम जे भए पनि आफूले सांगीतिक यात्रा निरन्तर राख्ने बताउँदै त्यसका लागि सबैको साथ र सहयोगको अपेक्षा राखेको पनि बताए। 

धेरैभन्दा धेरै नेपालीले मतदान गरेर आफूलाई उत्कृष्ट १० मा पुर्याउन सहयोग गर्नुभएको छ। आशा गरौं, सबैको साथ र सहयोगले उत्कृष्ट १० मा पुर्याउने नै छ।
-दिवेश पोखरेल (आर्थर गन)

दिवश अमेरिकी आइडलको यो सिजनमा विभिन्न चरणमा उत्कृष्टता प्रस्तुत गर्दै उत्कृष्ट २० मा पुगेका छन्।

उत्कृष्ट २० पछि अमेरिकी आइडल भोटिङ चरणमा प्रवेश भएकाले दिवशको यस अगाडिको यात्रा भोटको गणितमा निर्भर हुन्छ। 

यही तथ्यलाई ध्यानमा राखेर मुलत: नेपाली दर्शकलाई धेरैभन्दा धेरै मतका लागि आव्हान पनि गरेका थिए। उनको आव्हानमा अमेरिकामा रहेका नेपालीले राम्रै संख्यामा मत दिएजस्तो देखिएको छ। तर, त्यो मत उनलाई उत्कृष्ट १० मा पुर्याउन पर्याप्त हुन्छ कि हुदैन?, त्यो भने अहिले नै भन्न सकिने अवस्था छैन। त्यसका लागि भने आइतबार नै पर्खनुपर्ने भएको छ। 

सांगीतिक नाम आर्थर गन राखेका दिवश पोखरेल अमेरिकाको कान्सास राज्यको विचितामा बस्छन्। विचिता अमेरिकाको मध्यपश्चिमी राज्य कान्सासको एक सानो सहर हो।

प्रकाशित मिति: : 2020-04-29 04:33:59

प्रतिकृया दिनुहोस्