प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ। पार्टीभित्र उत्पन्न विवादबारे छलफलका लागि नेकपाको कन्द्रीय सचिवालय बैठक अनिश्चित बनिरहेका बेला छलफल गर्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका हुन्।

स्रोतका अनुसार सोमबार ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच मंगलबार केन्द्रीय सचिवालय बैठक बोलाउने अनौपचारिक सहमति सचिवालय बैठक र स्थायी समिति बैठक बोलाउनेबारे छलफल हुने छ।

यसअघि २० जना स्थायी कमिटी सदस्यहरूले स्थायी कमिटी बैठकको माग गरी अध्यक्षद्वयलाई पत्र पठाएका थिए।

सोमबार ओलीले पहिले नेता नेपाललाई बालुवाटार बोलाएर छलफल गरेका थिए भने पछि आफ्ना तर्फबाट नेपालको समूहसँग वार्ता गर्न ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र पार्टी महासचिव विष्णु पौडेललाई कोटेश्वर पठाएका थिए।

सोमबारनै प्रचण्ड र पार्टीका अर्का नेता झलनाथ खनालबीच खुमलटारमा बैठक भएको थियो।

यसअघि आज सचिवालय बैठक बस्ने भनिए पनि बैठकको समय अझै टुंगो लागिसकेको छैन।
 

प्रकाशित मिति: : 2020-04-28 13:30:26

प्रतिकृया दिनुहोस्