महाव्याधिमा मजदुरलाई उपेक्षा : न शहरको शरण, न त सरकारको अभिभावकत्व !

लोकान्तर

काठमाडौँ

श्रीराम अधिकारी

देशमा कम्युनिस्ट पार्टीको शासन छ । कम्युनिस्ट पार्टीको नाम लिँदा मजदुर र किसानको पार्टी भनेर वर्षौंदेखि तत्कालीन नेकपा माओवादी र हाल नेकपाले हजारौं ठाउँमा भाषण दिएका छन् र आफ्नो चुनावी घोषणापत्रमा छ्यापछ्याप्ति मजदुर एवं किसानका शब्दको व्यापक प्रयोग गरेका छन् । नेपाली कांग्रेस आफैंमा मजदुरको पार्टी भन्छ र विराटनगर जुट मिलको मजदुर आन्दोलनलाई राणाकालदेखि उदाहरणको रूपमा हालसम्म प्रत्येक निर्वाचनमा प्रस्तुत गरिरहेको छ । अर्कातिर कम्युनिस्ट पार्टीहरू माओ, मार्क्स लेनिनको दुहाई दिँदै मजदुरको आर्थिक सम्पन्नता, सुरक्षा, सम्मानका सिद्धान्तहरू र फलाकिरहेका हुन्छन् ।

किसान र मजदुरलाई धनी बनाउने सपना सशस्त्र द्वन्द्वमा देखाइयो मजदुर उत्पादनको मालिक बन्ने धनी सामन्तीहरूको जमिन किसानलाई दिने भन्ने सपना देखाउनेहरूले नेपाली किसानलाई आफ्नो उखुको मूल्य पनि दिन नसकेको यथार्थलाई कहाँ लुकाइयो अहिले ? यीनै पार्टीहरू ट्रेड युनियनका नाममा मजदुरमाथि राजनीति गरेर आईएलओ तथा डब्ल्युटीओको विभिन्न प्रोजेक्ट मनिमा युरोपको शयर गरिरहेका हुन्छन् । तर दैनिक ज्यालादारी र विभिन्न कारखानामा काम गर्ने मजदुर भोकभोकै पैदल हिँड्दा यिनीहरू मौन मात्र बसेनन् दया, करुणा र मानवता भन्ने कुरालाई पनि बिर्से । एकजना प्रसिद्ध विद्वान डम हेल्डर कमाराले भनेका छन् यदि मैले कुनै गरीबलाई खाना दिए भने म साधु र महात्मा कहलाउँछु । तर जब म गरीबले किन खान पाएन भन्छु, मलाई कम्युनिस्ट भनेर बोलाइन्छ । 'When I give food to the poor, they call me a saint. When I ask why the poor have no food, they call me a communist.' कम्युनिस्टको यो परिचय अब नेपालमा खोज्न पुस्तक र अनलाइन पल्टाउनुको विकल्प छैन ।

प्रकाशित मिति: : 2020-04-28 11:42:17

प्रतिकृया दिनुहोस्