भारतमा सर्वोच्च अदालतको कर्मचारीमा कोरोनाको पहिलो संक्रमण

बिएल संवाददाता

नयाँ दिल्ली

भारतमा सर्वोच्च अदालतमा कार्यरत एक जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। श्रोतका अनुसार न्यायिक विभागमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको हो। 

उनी १६ अप्रिल काममा फर्किएका थिए। यस अवधिमा उनी दुई जना रजिस्ट्रारसँग सम्पर्कमा रहेको बताइएको छ। उनीसँग सम्पर्कमा रहने दुवैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ। 

१६ अप्रिलमा अदालतको काममा फर्किएपछि उनी बिरामी भएका थिए। सोमबारको चेकजाँचमा उनमा संक्रमण देखिएको हो। उनको सरकारी अस्पतालमा उपचार भइरहेको बताइएको छ। 

भारतमा अदालतमा कोरोना भाइरस संक्रमित फेला परेको पहिलो पल्ट हो। 
 

प्रकाशित मिति: : 2020-04-28 07:44:00

प्रतिकृया दिनुहोस्