नेकपाले भोलिका लागि डाक्याे सचिवालय बैठक

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंगलबार सचिवालय बैठक बोलाउने भएकाे छ।

साेमबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीचकाे छलफलबाट बैठक बाेलाउने निष्कर्षमा नेताहरु पुगेका हुन्।

यता आजनै दुई पक्षका नेताहरु कोटेश्वरस्थित नेपाल निवासमा छलफलमा जुटेका थिए।

ओलीले नेपाल पक्षसँग वार्ता गर्न बिष्णु पौडेल,ईश्वर पोखरेल,शंकर पोखरेल र प्रदिप ज्ञवालीलाई जिम्मा दिएका थिए। नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त सहभागी थिए।

प्रकाशित मिति: : 2020-04-27 19:00:19

प्रतिकृया दिनुहोस्