हुम्ला जिल्लाका सात स्थानीय तहमा रहेका १५ महिनामुनिका करीब एक हजार आठ सय बालबालिकालाई नियमित खोप लगाउन शुरु गरिएको छ।
कोरोना भाइरसको जोखिम कम गर्ने उद्देश्यले गरिएको लकडाउनले प्रभावित खोप कार्याक्रम पुनःसञ्चालन भएको स्वास्थ्य सेवा कार्यालयका कोल्चेन असिस्टेण्ट मानबहादुर रोकायाले जानकारी दिए।
'बन्दाबन्दीले प्रत्येक महिना ८ गते लगाइने खोप कार्यक्रम प्रभावित हुँदा बालबालिका त्यसबाट वञ्चित भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा स्वास्थ्य सेवा कार्यालयको समन्वयमा जिल्लाका सात स्थानीय तहमा खोप कार्यक्रम शुरु गरेको हो' उनले भने।
स्वास्थ्यकर्मीले पिपिई, मास्क, पञ्जालगायत सामग्री लगाएर सामाजिक दूरी कायम गरी खोप कार्यक्रम सञ्चालन गरेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक दानबहादुर बोहराको भनाइ छ।