सिरी ए फुटबल: आउँदो हप्तादेखि प्रशिक्षण सुरु हुने

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको मध्ये एक इटालीमा खेलकुद गतिविधि बिस्तारै सुरु हुने भएका छन्।

कोरोना महामारीका कारण रोकिएको सिरी ए फुटबलका खेलहरु पुनः सुचारु गर्न आउँदो मे ४ देखि टिमहरु व्यक्तिगत प्रशिक्षणमा सहभागी हुन सक्ने भएका छन्।

प्रधानमन्त्रीले लकडाउन खुकुलो पार्ने प्रक्रियाको पहिलो चरणको घोषणा गरेसँगै मे ४ देखि खेलाडीहरु प्रशिक्षणमा सहभागी हुन पाउने भएका हुन्। यस्तै मे १८ देखि टिम प्रशिक्षण गर्न पाइने भएको छ।

यो सिजन अगस्टको सुरुवातमा अन्त्य गर्ने तयारी रहेको छ। खेल बन्द रंगशालमै पनि कहिलेदेखि सुरु हुनेछ भन्ने औपचारिक घोषणा भने अझै गरिएको छैन।  

तर खेलहरु मे २७ देखि जुन २ को बिचमा सुरु हुने अपेक्षा रहेको छ।  यता युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले कोरोना भाइरसका कारण रोकिएका सबै लिगलाई सुरु गरी नतिजामा पुग्‍न निर्देशन गरिसकेको छ। यूईएफएले लिग सुरु गर्दा संक्रमणबाट बच्‍न सबै सुरक्षाका उपाय अपनाउनसमेत आग्रह गरेको छ।

इटालीमा आइतबार कोरोना भाइरसका कारण २६० जनाको ज्यान गयो। यो मार्च १४ यताकै सबैभन्दा कम हो।

प्रकाशित मिति: : 2020-04-27 06:11:16

प्रतिकृया दिनुहोस्