आईजीपी खनाल, सांसद्द्वय बस्नेत र श्रेष्ठविरुद्ध अपहरणको उजुरी दिन पूर्वप्रधानमन्त्री भट्टराईसहित समाजवादी नेताहरू टेकुमा 

 

जनता समाजवादी पार्टी नेपालका सांसद् डा. सुरेन्द्र यादवलाई अपहरण गरेको मुद्दा दर्ता गर्न पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव सहित सो पार्टीका नेताहरू महानगरीय प्रहरी परिसर टेकुमा पुगेका छन् । 
साविक राजपाका महामन्त्री केशव झाले दिएको जानकारीअनुसार, त्यहाँ जाने नेताहरूमा ‘अपहृत’ डा. यादवसहित अशोक राई, शरत्सिंह भण्डारी, राजेन्द्र महतो, हिसिला यमी, राजेन्द्र श्रेष्ठ, केशव झा लगायत छन् ।
त्यहाँ उनीहरूले सांसद्द्वय महेश बस्नेत र कृष्णबहादुर श्रेष्ठ (किसान) र पूर्व आईजीपी सर्वेन्द्र खनालविरुद्ध ‘अपहरण’ को अभियोग दर्ता गर्ने छन् । 

प्रकाशित मिति: : 2020-04-26 15:59:36

प्रतिकृया दिनुहोस्