कोरोनाबाट मर्नेको संख्या २ लाख नाघ्यो

बिएल संवाददाता

काठमाडाै‌ं

विश्वव्यापी रूपमा कोरोना संक्रमणबाट मर्नेको संख्या २ लाख नाघेको छ। चीनको उहान शहरबाट गत वर्ष डिसेम्बरको तेस्रो साताबाट फैलिन सुरु गरेको कोरोना भाइरसको संक्रमण १ सय ९३ देशमा पुगिसकेको छ। 

विश्वभरि संक्रमितको संख्या पनि २९ लाख ३१ हजार ९ सय २२ पुगेको छ। यसैबीच ८ लाख ३८ हजार ८ सय ८३ व्यक्ति पूर्ण रूपमा संक्रमण मुक्त भएर घर फर्किएको पनि बताइएको छ। 

कोरोनाका कारण आइतबार दिउँसोसम्म २ लाख ३ हजार ५ सय ९६ जनाको निधन भएको छ। 

अमेरिकामा हालसम्म ५४ हजार २ सय ६५ जनाको निधन भइसकेको छ। जसमा ९ लाख ६० हजार ८ सय ९६ संक्रमित छन् भने १ लाख १८ हजार १ सय ६२ उपचारपछि ठिक भएर घर फर्किएका छन्। 

अमेरिकापछि इटालीमा सबैभन्दा बढी २६ हजार ३ सय ८४ जनाको निधन भएको छ। तेस्रो नम्बरमा स्पेन छ, जहाँ २२ हजार ९ सय २ र चोथोमा फ्रान्समा २२ हजार ६ सय १४ जनाको निधन भएको छ। पाँचौमा बेलायतमा २० हजार ३ सय १९ जनाले ज्यान गुमाएका छन्। 
 

प्रकाशित मिति: : 2020-04-26 15:43:22

प्रतिकृया दिनुहोस्